नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय जागरण अभियान सुरु
सुस्केरा समाचारदाता
आइतबार कार्तिक-९-२०८३ / 25 Oct 2026
काठमाडौँ, कात्तिक ७ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय स्वाधीनता रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, पार्टी रुपान्तरण तथा समाजवाद निर्माणका आधार तयार पार्ने उद्देश्यले आजदेखि ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ ।
आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी दिनुभयो ।
“अभियानमार्फत पार्टीका केन्द्रीय नेताको नेतृत्वमा गाउँ, वडा र तपाईंहरूकै टोलसम्म आउँदैछौँ, जनताका समस्या, गुनासा, सुझाव र आलोचना सुन्नेछौँ”, अभियान घोषणा गर्दै उहाँले भन्नुभयो, “महँगी, बेरोजगारी, कालोबजारी, भ्रष्टाचार, आर्थिक असुरक्षा, सार्वजनिक सेवामा हुने ढिलासुस्ती, सुकुमवासी र श्रमिकका समस्या तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कठिनाइबारे तथ्य र अनुभव सङ्कलन गर्नेछौँ ।”
दुनै–ल्यासीक्याप सडक निर्माण छिटो गराउन सर्वदलिय बैठकको १५ दिने अल्टिमेटम
डोल्पा, मंसिर ५ गते । दुनै–ल्यासीक्याप सडक निर्माणमा भइरहेको ढिलासुस्ती र गुणस्तरहीन कामप्रति डोल्पाका राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँः सभापति लामिछाने
जनकपुरधाम, कात्तिक २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि
सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छुः देउवा
काठमाडौं, कात्तिक २९ गते । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीका लागि अन्तिम सास रहुन्जेल सङ्घर्ष गर्ने बताउनु भएको छ






प्रतिकृया दिनुहोस