जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँः सभापति लामिछाने

रासस

आइतबार कार्तिक-३०-२०८३ / 15 Nov 2026

 

जनकपुरधाम, कात्तिक २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले पार्टीप्रति देखाएको आशा, विश्वास र भरोसामाथि तुषारापात हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

छठ पर्वका अवसरमा रास्वपाले शनिवार जनकपुरधाममा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अब जनताका बिचमा आश्वासन र वाचापत्र बोकेर नभई परिणाम लिएर जाने बताउनुभयो ।

जनताले पार्टीलाई दिएको अपार विश्वासलाई खेरजान नदिने उल्लेख गर्दै सभापति लामिछानेले जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी जे बोल्छौँ, त्यही गर्छौं र जे गर्छौं, त्यही बोल्छौँ ।”

पार्टीको विधि, विधान र प्रक्रियाविपरीत टिकट वितरणका नाममा आर्थिक लेनदेन गर्ने जोकोहीलाई कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो । रास्वपाले गरिब तथा विपन्न बस्तीमा टिकट नभई शिक्षा, स्वास्थ्य र रोजगारी पु¥याउने उद्देश्य राखेको उहाँको भनाइ थियो । “यो ऐतिहासिक अवसर कुनै व्यक्तिलाई खुसी पार्न आएको होइन, जनताको अनुहारमा मुस्कान ल्याउन आएको हो”, उहाँले भन्नुभयो ।

सभापति लामिछानेले जनताको हितका सवालमा आफ्नो पार्टीको सरकार भए पनि वा अर्को पार्टीको सरकार भए पनि सही कामको समर्थन र गलत कामको विरोध गर्ने बताउनुभयो । यसलाई उहाँले आन्तरिक लोकतन्त्रको अभ्यासका रूपमा व्याख्या गर्नुभयो । उहाँले सरकारले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न तल्लीन रहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो । रास्वपा सभापति लामिछाने दम्पती छठ पर्व मनाउन आज जनकपुरधाम आइपुग्नुभएको हो । रासस 

प्रतिकृया दिनुहोस

दुनै–ल्यासीक्याप सडक निर्माण छिटो गराउन सर्वदलिय बैठकको १५ दिने अल्टिमेटम

  डोल्पा, मंसिर ५ गते । दुनै–ल्यासीक्याप सडक निर्माणमा भइरहेको ढिलासुस्ती र गुणस्तरहीन कामप्रति डोल्पाका राजनीतिक दलहरुले असन्तुष्टि जनाएका छन

सास रहुन्जेल पार्टीका लागि सङ्घर्ष गर्छुः देउवा

  काठमाडौं, कात्तिक २९ गते । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीका लागि अन्तिम सास रहुन्जेल सङ्घर्ष गर्ने बताउनु भएको छ

डोल्पो क्याम्पस दुनै, डोल्पाले स्नातकोत्तर पढाइको स्वीकृति पायो

डोल्पा, कात्तिक २२ गते । दुर्गम हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैस्थित डोल्पो क्याम्पसमा २२ वर्षको लामो प्रतीक्षापछि स्नातकोत्तर तहको