चलचित्र ‘सपनाको देश’ बन्ने

सुस्केरा समाचारदाता

शुक्रबार फाल्गुण-१७-२०७५ / 01 Mar 2019

काठमाडौँ, १६ फागुन — अवसर खोज्दै विदेशिने नेपालीहरुको कथालाई समेटेर ’सपनाको देश’ फिल्म निर्माण हुने भएको छ । काठमाडौंमा बिहीबार पत्रकार भेटघाटमा वरिष्ठ फिल्म निर्देशक माओत्से गुरुङले अमेरिका पुगेका नेपालीहरुको भोगाइलाई लिएर फिल्म निर्माणको घोषणा गरे । 
ड्रिम्स गेट फिल्मको ब्यानरमा बन्न लागेको यो फिल्म नेपाल र अमेरिकामा छायांकन हुनेछ । फिल्मको २५ प्रतिशत छायांकन नेपाल र बाँकी अमेरिकामा हुने निर्देशक गुरुङले जानकारी दिए । निर्देशक गुरुङले भने, ’अमेरिकालाई सपनाको देशको रुपमा लिइन्छ । त्यही भएर यो चलचित्रको ७५ प्रतिशत छायांकन अमेरिकामै गर्न लागेका हौँ ।’
करिब ८० लाख लगानीमा बन्न लागेको यो फिल्ममा बाबु बोगटी, एन्सर्ज गुरुङ, मिरा गुरुङ, आइतराम गुरुङ लगायतको अभिनय रहने फिल्मकर्मी प्रितम गुरुङले जानकारी दिए । देव गुरुङको निर्माण र एन्सर्ज गुरुङले लेखेको यो फिल्ममा अमेरिकामा पुगेपछि भोग्नुपर्ने कठिनाईहरुलाई कथावस्तु बनाइएको छ ।
चलचित्रको नायिकामा एन्सर्जलाई नै किन छानियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा निर्देशक गुरुङले भने, ’पहिलेदेखि सँगै काम गरेको, सेन्टिमेन्टल कथावस्तुमा वास्तविक अभिनय गर्ने क्षमता उहाँमा छ ।’ गुरुङले यसअघि ’मनको बाबरी’ लगायत चलचित्रमा अभिनय गरिसकेकी छन् ।
यो फिल्मको छायाँकार शम्भु मोक्तान र दावा शेर्पाको गीत र संगीत रहनेछ ।

प्रतिकृया दिनुहोस

राति १० बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध

डोल्पा ९ कात्र्तिक अवसर छोपेर अपराधिक क्रियाकलाप नहोस् भन्ने हेतुले तिहारको बेला खेलिने देउसी भैलो राति १० बजे पछि खेल्न जिल्ला प्रशासन कार्यलय

फिल्म गोपी शिक्षा र सन्देश दिन सफल छ

काठमाडौँ, १९ माघ — कर्णाली प्रदेशकी कृषिमन्त्री कमला केसी बुधबार काठमाडौं आँउलदै गर्दा, ‘गोपी’ को कर्पोरेट शोको निम्तो पाइन् । उनको यात्रा सोझियो

लक्ष्मणले ल्याए ‘चिल गाडी’

काठमाडौं, १९ माघ – गायक लक्ष्मण चापागाईले नयाँ लोक दोहोरी गीत ‘चिल गाडी’ सार्वजनिक गरेका छन् । गायक सापकोटाले मातृभूमिमा हातमुख जोर्न समस्या