निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका योजना छनोट

सुस्केरा समाचारदाता

सोमबार माघ-१२-२०७७ / 25 Jan 2021


डोल्पा, माघ ११ गते । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट विनियोजन र योजनाहरु छनोट गर्ने काम सम्पन्न भएको छ । 
पूर्वाधार विकास कार्यालय डोल्पाका अनुसार प्रदेश निर्वाचन क्षेत्र २ भएकाले यस जिल्लामा कर्णाली प्रदेशबाट १० करोड बजेट बिनियोजन भएकोमा योजना छनोट भएका थिएनन् । 
डोल्पाका दुबै प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका अध्यक्ष निर्वाचित प्रदेश सभा सदस्य रहने व्यवस्था रहेको छ । अध्यक्ष समेत रहेका निर्वाचित प्रदेश सभा सदस्यहरुले विनियोजित बजेटले धान्ने गरी विभिन्न योजना छनोट गरेको पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख टोपेन्द्र मल्लले बताउनु जानकारी दिनु भयो । 
उहाँका अनुसार प्रदेश निर्वाचन क्षेत्र क र ख दुबै क्षेत्रका अध्यक्ष समेत रहेका निर्वाचित निर्वाचन क्षेत्र क का कर्णाली प्रदेश सभा सदस्य नन्दसिंह बुढा र निर्वाचन क्षेत्र ख का कर्णाली प्रदेश सभा सदस्य बीरबहादुरर शाहीले समितिका सदस्यहरुसँगको फोन तथा विभिन्न तहमा भएका छलफलको आधारमा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेटबाट निर्माण हुने योजना छनोट गर्नु भएको हो । 
प्रदेश निर्वाचन क्षेत्र क मा ४ स्थानीय तहहरु छन् । यस निर्वाचन क्षेत्रका विभिन्न स्थानीय तहहरुको जनसंख्या र प्राथमिकताको आधार लिएर योजनाहरु छनोट गरिएको कर्णाली प्रदेश सभा सदस्य एवम् उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले फोनमा बताउनु भयो । उहाँका अनुसार ठुलीभेरी नगरपालिकामा १२ योजनाका लागि २ करोड ६५ लाख, डोल्पोबुद्ध गाउँपालिकामा ३ योजनाका लागि १ करोड, काइके गाउँपालिकामा ५ योजनाका लागि १ करोड र छार्का ताङसोङ गाउँपालिकामा २ योजनाका लागि ३५ लाख बजेट विनियोजन गरिएको छ । यस निर्वाचन क्षेत्रमा २२ वटा योजना छनोट गरिएका छन् । 
त्यसै गरी प्रदेश निर्वाचन क्षेत्र ख का प्रदेश सभा सदस्य बीरबहादुर शाहीले पनि सबैसँगको छलफल र समन्वयबाट निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट विनियोजन तथा योजना छनोट गरेको बताउनु भएको छ । यस निर्वाचन क्षेत्रमा पनि ४ वटा स्थानीय तहहरु रहेका छन् । यहाँको त्रिपुरासुन्दरी नगरपालिकामा ८ योजनाका लागि १ करोड ७० लाख, मुड्केचुला गाउँपालिकामा ३ योजनाका लागि १ करोड, जगदुल्ला गाउँपालिकामा ६ योजनाका लागि १ करोड ३० लाख र शे फोक्सुण्डो गाउँपालिकामा ३ वटा योजनाका लागि १ करोड बजेट विनियोजन गरिएको छ । 
कर्णाली प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत निर्वाचित प्रदेश सभा सदस्यको क्षेत्रमा प्रति निर्वाचन क्षेत्र ५ करोड बजेट निर्वाचन क्षेत्र भित्रका पूर्वाधार विकास योजना सम्पन्न गर्ने हो । निर्वचन क्षेत्र क मा २२ वटा योजना छनोट भएका छन भने निर्वाचन क्षेत्र ख मा २० वटा योजना छनोट भएका छन् । 
 

प्रतिकृया दिनुहोस

डोल्पामा जिल्ला स्तरीय योजना छनोट बैठक सुरु

डोल्पा, चैत १८ गते । जिल्ला स्तरीय आयोजना प्रस्ताव छनोट तथा सिफारिस समितिको बैठक आज जिल्ला समन्वय समितिको सभाकक्षमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन

डोल्पा विकासका लागि अथाहा संभावना देखियो प्रचार प्रसार देखिएन 

डोल्पा, असार ९ गते । डोल्पाको विकास मात्रै होइन यहाँका स्थानीयहरुको आर्थिक विकास लागि प्रचर संभावना भएको देखियो तर प्रचार प्रसार नभएको देखियो

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड प्रस्तुत

    सुर्खेत, १ असार – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका