राष्ट्रसङ्घीय मानवअधिकार परिषदबाट इजरायल अलग
रासस, सिन्ह्वा
शुक्रबार माघ-२५-२०८१ / 07 Feb 2025
जेरुसेलम, माघ २४ गते । इजरायलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी)लाई इजरायलले अब यसमा भाग नलिने जानकारी दिनुभएको छ । इजरायलको यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसङ्घको शीर्ष मानवअधिकार निकायबाट आफ्नो देश फिर्ता भएको घोषणा गरेको दुई दिनपछि आएको हो । सारले यूएनएचआरसीका अध्यक्ष जुर्ग लाउबरलाई लेख्नुभयो,“मानव अधिकार परिषदमा इजरायल विरुद्ध जारी र निरन्तर संस्थागत पूर्वाग्रहलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो, जुन सन् २००६ मा स्थापना भएदेखि नै जारी छ ।” सारले परिषद राजनीतिक प्लेटफर्म भएको छ, जसको प्रयोग इजरायललाई निन्दा गर्ने र केही राजनीतिक उद्देश्यहरू अगाडि बढाउन प्रयोग गरिन्छ । “सन् २०२३ अक्टोबर ७ देखि परिषदले इजरायल विरुद्ध गलत जानकारी फैलाउन प्लेटफर्म प्रयोग गरेको छ ।” इजरायली मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेख्नुभयो,“राष्ट्रपति ट्रम्पको न्यायपूर्ण निर्णयमा सामेल भएर इजरायलले अब परिषदमा भाग नलिने उल्लेख गरेको छ ।”
नेपाल र थाइल्यान्डबिच आठ समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, चैत २० गते । नेपाल र थाइल्यान्डबिच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्डको औपचारिक
युएईका लागि नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन सुरु
काठमाडौँ, फागुन ३ गते । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई वैधानिकीक रुपमा श्रम स्वीकृति दिन सुरु गरेको छ
विरामी भएका विदेशी पर्यटकको उद्धार गरिएको छ
डोल्पा, १२ चैत – नेपालकै सुन्दर जिल्ला डोल्पाको अवलोकन गरी मुस्ताङ तर्फ जाने क्रममा साङ्टामा खुट््टा चोट लागेर विरामी परेका फ्रान्सेली






प्रतिकृया दिनुहोस