कृषि विकास बैंकद्धारा पर्यटन सामग्री हस्तान्तरण, पर्यटन प्रवर्धनमा योगदान

सुस्केरा डेक्स

आइतबार बैशाख-१३-२०८३ / 26 Apr 2026

डोल्पा, बैशाख १२ गते । नेपालकै दुर्गम जिल्ला डोल्पामा लामो समयदेखि सेवा प्रवाह गर्दै आएको कृषि विकास बैंक डोल्पाले नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल वरपर सफा राख्न डस्टबिन र बेन्च हस्तान्तरण गरेको छ । 
कृषि विकास बैंक डोल्पा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यटन क्षेत्रको विकासका लागि शे फोक्सुण्डो गाउँपालिका वडा नं. ८ मा रहेको फोक्सुण्डो ताल संरक्षणका लागि गठन भएको फोक्सुण्डो ताल संरक्षण समितिलाई पर्यटकहरु बस्नका लागि फलामका ९ वटा बेन्च र ४ वटा फलामको डस्टबिन हस्तान्तरण गरेको हो । 
सामाजिक उत्तरदायित्व अन्तर्गत कृषि विकास बैंक डोल्पा शाखाका शाखा प्रबन्धक प्रदिप पाण्डेको पहलमा २ लाख बरबरको बजेटमा उक्त पर्यटन प्रवर्धनका लागि सामग्री हस्तान्त्ररण गरिएको कृषि विकास बैंक डोल्पा शाखाले जनाएको छ । 
बेन्च डेक्स र डस्टबिन वितरण कार्यक्रममा कृषि विकास बैंक केन्द्रिय कार्यालयबाट असुली विभागका सुन्दर खतिवडा, राजु के.सी. र कृषि विकास बैंक प्रदेश कार्यालयबाट प्रदेश प्रमुख अनोट बस्नेत र मान बहादुर खड्का उपस्थित हुनु भएको कृषि विकास बैंक डोल्पाका शाखा प्रबन्धक प्रदिप पाण्डेले बताउनु भएको छ । 
डोल्पा शाखाले डिजिटल कारोबारको सुरुवात, कर्जामा वृद्धि, ग्राहक सचेतना कार्यक्रम संचालन, नयाँ ग्राहकहरुको वृद्धि लगायतका बैंकबाट प्रवाह हुने काममा सुधार भएको जनाइएको छ । 
यस अघि गएको सोमवार सदरमुकाम दुनै स्थित होटेल सिद्धार्थमा ग्राहक सचेतना कार्यक्रम सम्पन्न गरिएको कृषि विकास बैंक डोल्पा शाखाले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक

सुस्केरा समाचारदाता डोल्पा, जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट सार्बजनिक गरेको छ । सङ्घीय

डोल्पामा जिल्ला स्तरीय योजना छनोट बैठक सुरु

डोल्पा, चैत १८ गते । जिल्ला स्तरीय आयोजना प्रस्ताव छनोट तथा सिफारिस समितिको बैठक आज जिल्ला समन्वय समितिको सभाकक्षमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन

नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

डोल्पा, कात्तिक १९ गते । नेपाल राष्ट्र बैंकको आयोजनामा आज डोल्पाको सदरमुकाम दुनैमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।  बैंकिंग कारोबारमा