मलेसियामाथि नेपालको जित
सुस्केरा समाचारदाता
बुधबार जेठ-६-२०८३ / 20 May 2026
काठमाडौँ, जेठ ६ गते । मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले जित निकालेको छ ।
क्वालालम्पुर स्थित बायोमास ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई दुई विकेटले हरायो । जितका लागि ६८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालको जितमा सम्झना खड्काले सर्वाधिक ३२ रन बनाउनुभयो । यस्तै रुवि पोदारले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा मलेसियाका नुर कवाल्शाले तीन विकेट लिनुभयो ।
अल्सा एलिसा र एल्सा हन्टरले दुई दुई तथा नुर दानियाले एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन बनाएको थियो ।
मलेसियाका लागि एल्सा हन्टरले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालकी पूजा महतोले तीन विकेट लिनुभयो ।
मनिषा उपाध्याय र रिया शर्माले दुई दुई तथा कविता कुँवर र सिता रानामगरले एक एक विकेट लिनुभयो । यससँगै दुई खेलको सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । दोस्रो खेशल शुक्रबार हुनेछ ।
नेपालले मलेसियामै मे २३ तारिखदेखि सुरु हुने एसियन गेम्स छनोट र एसिसी महिला प्रिमियर कपको तयारीमा लागि अभ्यास खेल खेलेको हो । एसियन गेम्स छनोट मलेसियामा मे २३ देखि ३१ तारिख सम्म र एसिसी महिला प्रिमियर कप जुन १ देखि १३ तारिखसम्म हुने छ ।
‘फोर नेसन्स कप’मा नेपाल फेरी उपविजेतामै सीमित
काठमाडौँ, फागुन १४ गते । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि चुम्ने सपना फेरि अधुरै बनेको छ । नेपाली महिला रष्ट्रिय फुटबल टोली
लेबनानलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौँ, फागुन ८ गते । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको
लेबनानलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौँ, फागुन ८ गते । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको






प्रतिकृया दिनुहोस