‘फोर नेसन्स कप’मा नेपाल फेरी उपविजेतामै सीमित

सुस्केरा समाचारदाता

बिहीबार फाल्गुण-१५-२०८१ / 27 Feb 2025

काठमाडौँ, फागुन १४ गते । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय उपाधि चुम्ने सपना फेरि अधुरै बनेको छ । नेपाली महिला रष्ट्रिय फुटबल टोली १३ औं पटक उपबिजेता मै सिमित बनेको छ ।

घरेलु मैदानमा ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता जित्ने लक्ष्य बनाएको नेपाली महिला फुटबल टोलीले बुधबार दशरथ रङ्गशालामा बलियो प्रतिद्वन्द्वी म्यानमारसँग २–० गोलले पराजित भयो । १३ औँ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल खेलेको नेपाल पुनः उपविजेतामा सीमित बनेको छ । 

म्यानमारको जितमा यु पर किनले खेलको ६२ औँ मिनेटमा गोलको खाता खोल्नुभयो । उहाँले मध्य भागबाट एक्लै अगाडि लगेर गोल गर्नुभएको थियो । जुन बललाई नेपालका रक्षक र गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले नियाल्न सक्नुभएन ।

यस्तै ६४  औँ मिनेटमा म्यानमारकी कप्तान विन टुनको प्रहार गीता रानालाई लाग्दै गोलमा परिणत भएपछि नेपाल स्तब्ध बनेको थियो । १५ हजार धेरै घरेलु सर्मथकको साथ पाएको नेपालले पहिलो हाफमा दुईवटा राम्रो गोलको अवसर खेर फालेको थियो । 

तर नेपाल दोस्रो हाफमा लगातार दुई गोल खाएपछि निरिह बन्यो । यसअघि भएका पाँच भिडन्तमा म्यानमारसँग तीन हार र दुई खेल बराबरीको आत्मसाथ गरेको नेपालले यसपटक पनि फाइनलमा म्यानमारलाई हराउन सकेन । यसअघि लिग चरणमा नेपाल र म्यानमारले २–२ गोलको बराबरी खेलेका थिए । 

कीर्गिस्तान र लेबनान गरी चार टोली सम्मिलित प्रतियोगितामा दुवै टोलीले लिग चरणमा दुई दुई जित र एक बराबरी नजिता गरी सात सात अङ्क बटुल्दै फाइनलमा पुगेका थिए । 

नेपालले लिग चरणमा कीर्गिस्तान र लेबनानलाई समान १–० गोलले हराएको थियो । यस्तै म्यानमारले लेबनानलाई ३–१ र कीर्गिस्तानलाई ५–० गोलले हराएको थियो । 

एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ छनोट र फिफा महिला विश्वकप–२०२७ को छनोटको तयारीको रूपमा लिएको छ । 

प्रतिकृया दिनुहोस

मलेसियामाथि नेपालको जित

  काठमाडौँ, जेठ ६ गते । मलेसियाविरुद्धको पहिलो टी–२० अन्तर्राष्ट्रिय अभ्यास खेलमा नेपालले जित निकालेको छ । क्वालालम्पुर स्थित बायोमास ओभल

लेबनानलाई हराउँदै नेपाल फाइनलमा

 काठमाडौँ, फागुन ८ गते । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको

लेबनानलाई हराउँदै नेपाल फाइनलमा

 काठमाडौँ, फागुन ८ गते । नेपाल ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा बिहीबार भएको