सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै रेडियो डोल्पा एफ.एम. डोल्पाको अधिवेशन सभा सम्पन्न ।
सुस्केरा डेक्स
शुक्रबार कार्तिक-१४-२०८२ / 31 Oct 2025
डोल्पा, कात्तिक १४ गते । रेडियो डोल्पा एफ.एम. संचालक संस्था सुचना सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) डोल्पाको वार्षिक साधरण सभा तथा छैटौ अधिवेशन सभा सम्पन्न भएको छ । अधिवेशनले अम्बिका हमालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयान गरेको छ ।
चौध वर्ष लामो इतिहास बोकेको, डोल्पाकै संचार जगतमा स्थानीय एफ.एम.का रुपमा स्थापित जिल्लाको पहिलो र नियमित रुपमा संचालनमा रहेको सामुदायिक रेडियो डोल्पा एफ.एम.को संचालक समिति तथा सूचना, सञ्चार तथा शिक्षा सञ्जाल(आइसनेट) दुनै, डोल्पाको अधिवेशनले अध्यक्षमा अम्बिका हमाल, उपाध्यक्षमा टिकादत्त न्यौपाने, सचिवमा बल बहादुर बुढा, कोषाध्यक्षमा विर बहादुर बुढा, सहसचिवमा अमला शाहि, सदस्यहरुमा हरिप्रसाद रोकाया, कमलबहादुर क्षेत्री, निराकुमारी बस्नेत र धनबहादुर डाँगीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
त्यसै गरी सूचना, सञ्चार तथा शिक्षा सञ्जाल(आइसनेट) एवम् रेडियो डोल्पा एफ.एम. ठुलीभेरी नगरपालिका वडा नं. ३ दुनै, डोल्पाको शुक्रवार सम्पन्न अधिवेशनले लेखा समितिको संयोजकमा रुपचन्द्र बुढा, सदस्यहरुमा सरोज थापा र रुपलाल बोहोरालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको नव निर्वाचित सचिव बल बहादुर बुढाले जानकारी दिनु भयो ।
अधिवेशन सम्पन्न भई निर्वाचित सम्पूर्णले पदबहाली गरी पहिलो बैठक बसेर विभिन्न निर्णयहरु समेत गरिसकेको जनाइएको छ । अधिवेशनको बन्द सत्रले निवर्तमान सचिव र कोषाध्यक्षले यस अघि नै आयोजना भएको उद्घाटन सत्रमा पेश गरिएको संस्थागत र आर्थिक प्रतिवेदन समेत सर्वसम्मत रुपमा पास गरेको थियो ।
छलफलका क्रममा सभाका सदस्यहरुले रेडियो डोल्पाले जिल्लामा कठिन परिस्थितिमा समेत सूचना प्रवाह गरिरहेको जनाएका थिए । नेपाल पत्रकार महासंघ डोल्पाका अध्यक्ष एवम सभाका सदस्य सरोज थापाले सामुदायिक रेडियो डोल्पा एफ.एम. स्थापनादेखि नै जनसरोकारका विषयमा आवाज उठान गर्दै नजस्तरसम्म सूचना तथा समाचार प्रसार गर्दै आएको उल्लेख गर्दै प्रशंसा गर्नु हुँदै आगामी दिनमा पनि संचारको क्षेत्रमा निरन्तर योगदान गर्दै अझै राम्रो गर्ने बताउनु भयो ।
समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न
डोल्पा, जेठ ६ गते । गाउँगाउँमा कानुनी सचेतना फैलाउनका लागि समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भएको छ । सरकारी वकिल कार्यालय डोल्पाले आफ्नो
नेपाल टेलिकमले रह परिलामा फोरजी टावर संचालन गरेको छ
डोल्पा, कात्तिक २७ गते । डोल्पाको सदरमुकामकै स्थानीय तह भित्र पर्ने ठुलीभेरी नगरपालिका वडा नं. १० र ११ को बिचमा पर्ने डाँडामा नेपाल टेलिकमले फोरजी
सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै रेडियो डोल्पा एफ.एम. डोल्पाको अधिवेशन सभा सम्पन्न ।
डोल्पा, कात्तिक १४ गते । रेडियो डोल्पा एफ.एम. संचालक संस्था सुचना सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) डोल्पाको वार्षिक साधरण सभा तथा छैटौ अधिवेशन सभा






प्रतिकृया दिनुहोस