नेपाल टेलिकमले रह परिलामा फोरजी टावर संचालन गरेको छ
सुस्केरा डेक्स
शुक्रबार कार्तिक-२८-२०८२ / 14 Nov 2025
डोल्पा, कात्तिक २७ गते । डोल्पाको सदरमुकामकै स्थानीय तह भित्र पर्ने ठुलीभेरी नगरपालिका वडा नं. १० र ११ को बिचमा पर्ने डाँडामा नेपाल टेलिकमले फोरजी मोवाइल टावर संचालनमा ल्याइएको छ ।
नेपाल टेकिलम वायरलेश सेवा निर्देशनालय काठमाण्डौं र कर्णाली प्रदेश निर्देशनालय सुर्खेतका निर्देशक कमल लामिछानेको विशेष पहलमा परिला र रह गाउँका बिचमा रहेको डाँडामा फोरजी मोवाइल टावर स्थापना गरी संचालनमा ल्याइएको नेपाल टेलिकम डोल्पाका प्रमुख दयाविक्रम के.सी.ले जानकारी दिनु भयो ।
उहाँका अनुसार डोल्पाको सदरमुकाम दुनै नजिकै रहेको भए पनि भौगोलिक समस्याका कारण रह, परिला, छेप्का, सांगटा, कागनी, फुनाल्दुहा, खलरुपी लगायतका ठाउँमा नेपाल टेलिकमको फोरजी डाटा र भ्वाइस सेवा दुवै राम्रो गुणस्तरमा संचालन भएको नेपाल टेलिकम डोल्पाले जनाएको छ ।
रह परिलामा मोवाइल टावर स्थापना भै सेवा सुचारु भए पछि यो क्षेत्र भएर महत्वपूर्ण पर्यटकिय स्थल फोक्सुण्डो ताल जाने र तालबाट आउने देशी विदेशी पर्यटकहरुलाई समेत राम्रो सेवा पुग्ने भएको छ ।
समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न
डोल्पा, जेठ ६ गते । गाउँगाउँमा कानुनी सचेतना फैलाउनका लागि समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भएको छ । सरकारी वकिल कार्यालय डोल्पाले आफ्नो
सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै रेडियो डोल्पा एफ.एम. डोल्पाको अधिवेशन सभा सम्पन्न ।
डोल्पा, कात्तिक १४ गते । रेडियो डोल्पा एफ.एम. संचालक संस्था सुचना सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) डोल्पाको वार्षिक साधरण सभा तथा छैटौ अधिवेशन सभा
सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै रेडियो डोल्पा एफ.एम. डोल्पाको अधिवेशन सभा सम्पन्न ।
डोल्पा, कात्तिक १४ गते । रेडियो डोल्पा एफ.एम. संचालक संस्था सुचना सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) डोल्पाको वार्षिक साधरण सभा तथा छैटौ अधिवेशन सभा






प्रतिकृया दिनुहोस