विरामी भएका विदेशी पर्यटकको उद्धार गरिएको छ
सुस्केरा समाचारदाता
बुधबार चैत-१२-२०७६ / 25 Mar 2020
डोल्पा, १२ चैत – नेपालकै सुन्दर जिल्ला डोल्पाको अवलोकन गरी मुस्ताङ तर्फ जाने क्रममा साङ्टामा खुट््टा चोट लागेर विरामी परेका फ्रान्सेली नागरिकको उद्धार गरी काठमाण्डौं लगिएको छ ।
डोल्पाबाट मुस्ताङ तर्फ जाँदै गरेको बेला डोल्पा र मुस्ताङको सिमानामा पर्ने साङ्टामा चिप्लेर लड्दा खुट्टा चोट लागेर फसेका फ्रान्सेली नागरिक ओलिभर फिसर र उनका साथी अनि एक जना नेपाली पथप्रदर्शक गरी ३ जना पर्यटकलाई एयर डाइनास्टिकको हेलिकोप्टरबाट उद्धार गरी काठमाण्डौं लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनु भयो ।
उनीहरुको सुरक्षित उद्धार गरेर हेलिकोप्टरबाट काठमाण्डौं लगिएको र त्यहाँ पुर्याएर उपचार गरिने भएको छ । विश्वमा कोरोना भाइरसले महामारीको रुपमा फैलिएर नेपालमा पनि लकडाउन गर्नु परेको छ । लकडाउनका कारण नेपालका हरेक शहर, गाउँ शान्त र सुनसान बनेका छन् ।
नेपाल र थाइल्यान्डबिच आठ समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, चैत २० गते । नेपाल र थाइल्यान्डबिच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्डको औपचारिक
युएईका लागि नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन सुरु
काठमाडौँ, फागुन ३ गते । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई वैधानिकीक रुपमा श्रम स्वीकृति दिन सुरु गरेको छ
राष्ट्रसङ्घीय मानवअधिकार परिषदबाट इजरायल अलग
जेरुसेलम, माघ २४ गते । इजरायलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी)लाई इजरायलले अब यसमा भाग नलिने






प्रतिकृया दिनुहोस