कर्णाली प्रदेशले गाउँनगरहरुलाई विपद व्यवस्थापनका लागि बजेट

सुस्केरा समाचारदाता

बुधबार चैत-२६-२०७६ / 08 Apr 2020


   डोल्पा, २५ चैत — कर्णाली प्रदेश सरकारले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई रोकथामको लक्ष्यलाई मध्यनजर गर्दै प्रत्येक गाउँपालिका र नगरपालिकाहरुलाई विपद व्यवस्थापन कोषमा जम्मा हुने गरी बजेट विनियोजन गरेको छ । 
   विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड—१९) लाई कर्णाली प्रदेश भित्र आाउन नदिन र आइहाले पनि फैलन नदिने गरी रोकथामका लागि कर्णाली प्रदेश सरकार सुरुदेखि नै चनाखो रहेहो कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताउनु भएको छ । त्यही भएर नेपाल सरकारले कोरोना विरुद्ध जुन कदम चाल्यो त्यसलाई कार्यान्वयन गराउदै आफूले पनि केही केही गर्दै आएको छ । 
   कर्णाली प्रदेश सरकरको मंगलवार बसेको मन्त्रीपरिषद बैठकले कोरोना भाइरस विपदका रुपमा विश्वभर छाएकाले यसलाई रोकथाम गर्नका लागि कर्णालीका हरेक गाउँपालिकालाई १५, १५ लाख, नगरपालिकालाई २०, २० लाख र विरेन्द्रनगर नगरपालिकालाई ३० लाख रुपैया स्थानीय तहहरुले विपद व्यवस्थापन कोष स्थापना गरेको खातामा जम्मा हुने गरी बजेट विनियोजन गर्ने निर्णय गरिएको कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढाले फोनबाट जानकारी दिनु भयो । 
   उहाँका अनुसार मंगलवार बसेको २४ सौं कर्णाली प्रदेशको मन्त्रीपरिषद बैठकले विपद व्यवस्थापन कोषका लागि स्थानीय तहहरुले स्थापना गरेको विपद व्यवस्थापन कोषमा जम्मा हुने गरी बजेट विनियोजन गर्ने निर्णय गर्नुका साथै अरु ४ वटा निर्णयहरु गरेको छ । 
   दोस्रो निर्णयमा देश तथा प्रदेश वाहिर अलपत्र परेका कर्णालीबासी नागरिकहरुको तत्काल व्यवस्थापन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, तेस्रोत निर्णय छ कोरोना भाइरसको सम्भावित जोखिम न्यूनिकरण गर्न संघीय सरकारद्धारा गरिएको लकडाउन कडाइका साथ कार्यान्वयन गर्ने, चौथो निर्णयमा कर्णाली प्रदेशका जिल्लाहरुमा भारत लगायत वाह्य देशहरुबाट आएका नागरिकहरुमा कोरोना संक्रमण हुन सक्ने र उनीहरुबाट अरुमा सर्न सक्ने खतरालाई मध्यनगर गर्दै द्रुत गतिमा कोरोनाको परिक्षण आवश्यक देखिएकाले नेपाल सरकारलाई तत्काल व्यवस्थापन गर्न अनुरोध गर्ने र अन्तिम तथा पाँचौमा कोरोना भाइरसका साथै पटक पटक विभिन्न महामारीबाट पिडा खेप्दै आएको कर्णाली प्रदेशमा गर्मी याम सुरुवातीसँगै ती विभिन्न महामारीहरु बल्झने खतरा र कोरोना भाइरस फैलन सक्न खतरालाई ख्याल गरी यी महामरी रोकथाम, नियन्त्रण तथा उपचारमा औषधि, उपकरण र विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीहरुको टोली तयारी अवस्थामा राखी आवश्यक परेको बेला पठाउन नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । 
   यसै शीलशीलामा मंगलवारै ठुलीभेरी नगरपालिका जुफाल डोल्पामा नगरकार्यपालिकाको बैठक बसी १० लाख रुपैयाँको विपद व्यवस्थापन कोष स्थापना गर्ने निर्णय गरेको ठुलीभेरी नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले यस कोषबाट कोरोना भाइरस लगायतका महामारी रोकथाम, नियन्त्रण र उपचार गरिने निर्णय भएको नगरकार्यपालिका सस्दय हरिप्रसाद डाँगीले जानकारी गराउनु भयो  । 
   
 

प्रतिकृया दिनुहोस

डोल्पामा जिल्ला स्तरीय योजना छनोट बैठक सुरु

डोल्पा, चैत १८ गते । जिल्ला स्तरीय आयोजना प्रस्ताव छनोट तथा सिफारिस समितिको बैठक आज जिल्ला समन्वय समितिको सभाकक्षमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन

डोल्पा विकासका लागि अथाहा संभावना देखियो प्रचार प्रसार देखिएन 

डोल्पा, असार ९ गते । डोल्पाको विकास मात्रै होइन यहाँका स्थानीयहरुको आर्थिक विकास लागि प्रचर संभावना भएको देखियो तर प्रचार प्रसार नभएको देखियो

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका योजना छनोट

डोल्पा, माघ ११ गते । प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट विनियोजन र योजनाहरु छनोट गर्ने काम सम्पन्न भएको छ ।  पूर्वाधार विकास