युएईका लागि नेपाली श्रमिकलाई श्रम स्वीकृति दिन सुरु
सुस्केरा समाचारदाता
शनिबार फाल्गुण-३-२०८१ / 15 Feb 2025
काठमाडौँ, फागुन ३ गते । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) मा कागजातविहीन भएर बसेका नेपाली श्रमिकलाई वैधानिकीक रुपमा श्रम स्वीकृति दिन सुरु गरेको छ । वल्र्ड गभर्नमेन्ट समीट, २०२५ मा सहभागी हुन युएई पुग्नुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले युएईबाट बिहीबारदेखि श्रम स्वीकृति दिन सुरु गर्नुभएको हो । श्री स्वीकृति पाउन थाले पछि त्यहाँ अवैध रुपमा काम गरिरहेका श्रमिकहरुले वैधानिकीकरण पाएका छन् ।
गत माघ १९ गतेदेखि ओमानस्थित मस्कटको नेपाली राजदूतावासबाट वैधानिकीकरण श्रम स्वीकृति दिन सुरु भएको थियो । सरकारले श्रम गन्तव्य देशमा वैध र नेपाल सरकारको रेकर्डमा अवैध (कागजातविहीन) भनिएका नेपाली श्रमिकलाई गन्तव्य देशबाट श्रम स्वीकृति दिन केही समय अगाडि मन्त्रीपरिषद्बाट निर्णय गरेको थियो । वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने आबुधाबी मस्कटपछि दोस्रो राजदूतावास हो ।
दूतावासको जारी विज्ञप्तिमा ओमानमा सुरक्षित र वैध तरिकाले काम गरेका नेपाली श्रमिकलाई गत शुक्रबार र शनिबार सलालामा श्रम स्वीकृति प्रदान गरियो । विभिन्न माध्यमबाट ओमान पुगेका तर श्रम स्वीकृति नभएका नेपालीलाई राजदूत डोरनाथ अर्याल र वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले संयुक्त रूपमा श्रम स्वीकृति प्रदान गर्नुभयो ।
सो अवसरमा सहभागीमध्ये नेपाली कानुन अनुसार अवैध (कागजातविहीन) भएर काम गरेका श्रमिकलाई दूतावासबाट वैध बनाउने काम भएको दूतावासले जनाएको छ । दूतावासका अनुसार ओमानमा विशेष गरी नेपालका घरेलु श्रमिक बढी कार्यरत रहेका छन् । नेपाल सरकारले नौ वर्षदेखि घरेलु श्रमिकलाई प्रतिबन्ध लगाएको छ । त्यसबिचमा विभिन्न देश हुँदै युएई गएका र त्यस अगाडिदेखि नै कार्यरतले पनि श्रम नवीकरण गर्न नपाएका गरी ४५÷५० हजार श्रमिक भएको अनुमान दूतावासको छ ।
सो अवसरमा श्रममन्त्री भण्डारीले सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकको हकहित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवासुविधालाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने बताउनुभयो । उहाँले सम्बन्धित राजदूतावासबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिक लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने बताउनुभयो ।
मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासबाट पनि प्रवाह हुने बताउँदै देशको ठुलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्षमा सरकारले नेपाली श्रमिकको हकहित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवासुविधा उपलब्ध गराउन आवश्यक भएको उल्लेख गर्नु भयो ।
संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने बताउनुभयो । उहाँले नेपाली राजदूतावास आबुधाबी नेपाली श्रमिकको हकहित संरक्षणमा सधैँ प्रतिबद्ध रहेको र सोही अनुरूप राजदूतावासमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरेको बताउनुभयो ।
राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा गैरआवासीय नेपाली संघ र युएई स्थित नेपाली समाजका प्रतिनिधिसहित युएईमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
यसैबिच गत माघ २९ देखि यही फागुन १ गतेसम्म युएईमा भएको ‘वल्र्ड गभर्नमेन्ट समीट, २०२५’ मा श्रममन्त्री भण्डारीले नेपालको प्रतिनिधित्व गर्नुभयो । उक्त समीटमा विश्वका ३० भन्दा बढी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको सम्मेलनमा १ सय ४० देशका प्रतिनिधिसहित विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संघ संस्थाका प्रतिनिधि, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका विशेषज्ञ, उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधि सहित छ हजार जना भन्दा बढिको सहभागिता रहेको जनाइएको छ ।
नेपाल र थाइल्यान्डबिच आठ समझदारीपत्रमा हस्ताक्षर
काठमाडौँ, चैत २० गते । नेपाल र थाइल्यान्डबिच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्यान्डको औपचारिक
राष्ट्रसङ्घीय मानवअधिकार परिषदबाट इजरायल अलग
जेरुसेलम, माघ २४ गते । इजरायलका विदेश मन्त्री गिडोन सारले बिहीबार संयुक्त राष्ट्र मानव अधिकार परिषद् (यूएनएचआरसी)लाई इजरायलले अब यसमा भाग नलिने
विरामी भएका विदेशी पर्यटकको उद्धार गरिएको छ
डोल्पा, १२ चैत – नेपालकै सुन्दर जिल्ला डोल्पाको अवलोकन गरी मुस्ताङ तर्फ जाने क्रममा साङ्टामा खुट््टा चोट लागेर विरामी परेका फ्रान्सेली






प्रतिकृया दिनुहोस