साढे ३३ करोड बजेट पास गर्दै काइके गाउँसभा सम्पन्न
सुस्केरा समाचारदाता
आइतबार असार-८-२०८२ / 22 Jun 2025
डोल्पा, असार ८ गते । आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम सहित साढे ३३ करोड बजेट पास गर्दै काइके गाउँपालिकाको १५ औं गाउँसभा २०८२ भव्यताका साथ सम्पन्न भएको छ ।
गुणस्तरीय शिक्षा, स्वास्थ्य, हरित पूर्वाधार र रोजगार, जनमुखि सेवा समृद्धिको तयारी भन्ने मुल नाराका साथ सुरु भएको गाउँसभामा उपप्रमुख निमा बुढाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भएको थियो ।
काइके गाउँपालिकाका अध्यक्ष अंगद रानाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष बुढाले ३३ करोड उनन्साठी लाख उनन्चालीस हजार सात सय प्रसठ्ठी र पैसा सतचालिस मत्रको बजेट सार्वजनिक गर्नु भएको हो ।
बजेटमा संघीय सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ७ करोड ५२ लाख, ससर्त अनुदान चालु ७ करोड ९९ लाख, ससर्त अनुदान पुँजिगत ३ करोड २७ लाख, समपुरक अनुदान पुँजिगत तर्फ ८४ लाख रहने अनुमान छ । यसका साथै प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ६८ लाख १८ हजार, ससर्त अनुदान चालु तर्फ ५ लाख ९९ हजार, ससर्त अनुदान पुँजिगत तर्फ ३ करोड, विषेश अनुदान चालु तर्फ ८० लाख, समपुरक अनुदान पुँजिगत तर्फ२६ लाख ८१ हजार, राजश्व बाँडफाँटबाट तर्फ ८ लाख ७१ हजार दुई सय एकसठ्ठी, राजश्व बाँडफाँट संघीय सरकारबाट ८ करोड २५ लाख ९० हजार ५ सय चार, आन्तरिक स्रोत तर्फ ५० लाख रहने जनाइएको छ ।
नीति, कार्यक्रम तथा बजेट माथिको छलफल पछि सर्वसम्मतिले पारित भएको प्रमुख प्रशासकीय अधिकृत भोजराज जोशीले जानकारी दिनु भयो । कार्यक्रम काइके गाउँपालिकाको कार्यालय शहरतारामा सम्पन्न भएको हो ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक
सुस्केरा समाचारदाता डोल्पा, जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट सार्बजनिक गरेको छ । सङ्घीय
कृषि विकास बैंकद्धारा पर्यटन सामग्री हस्तान्तरण, पर्यटन प्रवर्धनमा योगदान
डोल्पा, बैशाख १२ गते । नेपालकै दुर्गम जिल्ला डोल्पामा लामो समयदेखि सेवा प्रवाह गर्दै आएको कृषि विकास बैंक डोल्पाले नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो
डोल्पामा जिल्ला स्तरीय योजना छनोट बैठक सुरु
डोल्पा, चैत १८ गते । जिल्ला स्तरीय आयोजना प्रस्ताव छनोट तथा सिफारिस समितिको बैठक आज जिल्ला समन्वय समितिको सभाकक्षमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन






प्रतिकृया दिनुहोस