नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सुस्केरा डेक्स

बिहीबार कार्तिक-२०-२०८२ / 06 Nov 2025


डोल्पा, कात्तिक १९ गते । नेपाल राष्ट्र बैंकको आयोजनामा आज डोल्पाको सदरमुकाम दुनैमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 
बैंकिंग कारोबारमा सचेतना बढाउनका लागि, सबैलाई बैंकिंग कारोबार सुरक्षित रुपमा संचालन गरेर अघि बढ्न सहयोग गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको नेपाल राष्ट्र बैंक वित्तीय समावेशीता तथा ग्राहक संरक्षण महाशाखाले जनाएको छ । 
उक्त शाखाको आयोजनामा भएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिंग कारोबारका सम्बन्धमा नेपाल राष्ट्र बैंक सुर्खेतका उप निर्देशक शिव रेग्मीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यपत्र मार्फत बैंकिंग कारोबारका सम्पूर्ण पक्षहरुमा प्रष्ट्याउने प्रयास भएको थियो । सबै भन्दा डर लाग्दो तरिकाले बालबालिकाहरुलाई मोवाइल गेम तथा बेड स्क्याममा फसाउने काम भैरहेको अवस्थाबाट बचाउन सबै लाग्न आग्रह गर्नु भएको थियो । 
कार्यपत्र प्रस्तुति पछि कार्यक्रममा सहभागिहरुबाट विभिन्न जिज्ञासा तथा प्रश्नहरु संकलन गरिएको थियो । प्रश्नहरुको सकेसम्म चित्त बुझ्दो रुपमा समाधान दिइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
कार्यक्रमका प्रमुख व्यक्तित्व नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम ढुंगनाले वित्तीय साक्षरतालाई अझै व्यापक बनाउनु पर्ने बताउँदै डोल्पामा सेवारत बैंकहरुले संयुक्त रुपमा प्रयास गरी कम्तिमा एक पटक भए पनि वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न सुझाब दिनु भएको थियो । 
साथै डेपुटी गभर्नर ढुंगानाले बैंकिंग कारोबारका विविध पक्षमा सचेत रहेर कारोबारमा सहभागि हुन सेवाग्राही एवम् सर्वसाधारण डोल्पालीहरुलाई आग्रह गर्नु भएको थियो । उहाँले सबैभन्दा पहिले आफै सचेत हुनु पर्ने, केही कारण समस्या परिहाले राष्ट्र बैंकको गुनासो सुन्ने विभागमा गुनासो टिपाउनु भएमा समस्या समाधानका लागि प्रयास हुने आश्वासन दिनु भयो । 
 

प्रतिकृया दिनुहोस

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक

सुस्केरा समाचारदाता डोल्पा, जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट सार्बजनिक गरेको छ । सङ्घीय

कृषि विकास बैंकद्धारा पर्यटन सामग्री हस्तान्तरण, पर्यटन प्रवर्धनमा योगदान

डोल्पा, बैशाख १२ गते । नेपालकै दुर्गम जिल्ला डोल्पामा लामो समयदेखि सेवा प्रवाह गर्दै आएको कृषि विकास बैंक डोल्पाले नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो

डोल्पामा जिल्ला स्तरीय योजना छनोट बैठक सुरु

डोल्पा, चैत १८ गते । जिल्ला स्तरीय आयोजना प्रस्ताव छनोट तथा सिफारिस समितिको बैठक आज जिल्ला समन्वय समितिको सभाकक्षमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन