समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न

सुस्केरा समाचारदाता

बुधबार जेठ-६-२०८३ / 20 May 2026


डोल्पा, जेठ ६ गते । गाउँगाउँमा कानुनी सचेतना फैलाउनका लागि समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भएको छ । 
सरकारी वकिल कार्यालय डोल्पाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत आज ठुलीभेरी नगरपालिका वडा नं. ८ र ९ डाँगीबाडामा समुदायमा सरकारी वकिल कार्यक्रम संचालन गरिएको थियो । 
कार्यक्रमलाई प्रकाश पार्दै जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता गोविन्द बहादुर शाहीले सरकारी वकिल कार्यालयका कामहरु, सरकारी वकिलको भूमिका, सांगठनिक संरचना, सरकारी मुद्धाहरुको विवरण, सरकारवादी मुद्धाको कारवाही प्रकृयामा सरकारी वकिलको प्रतिनिधित्व, समुदायबाट सरकारी वकिलले राखेका अपेक्षा र समुदायले थाहा पाइराख्नु पर्ने तथा जानकारी राखि रहनु पर्ने विषयमा आफ्नो प्रस्तुति गर्नु भएको थियो । 
कार्यक्रमको अध्यक्षता गरेका ठुलीभेरी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुवास कठायतले मन्तव्य राख्दै यो कार्यक्रमले समुदायमा कानुनी सेचतना बढेको बताउदै जनस्तरसम्म यसरी कार्यक्रम संचालन गर्दा समुदायमा सरकारी वकिल कार्यक्रमको अझै गमिमा बढ्दै गएको बताउनु भएको थियो । कार्यक्रमको संचालन जिल्ला सरकारी वकिल कार्यालय डोल्पाका खरिदार सचिन  नेपालीले गर्नु भएको जिल्ला सरकारी वकिल कार्यालय दुनै, डोल्पाले जनाएको छ । स्थानीय नागरिकहरुको राम्रो सहभागिता रहेको उक्त कार्यक्रमको सहजिकरण तथा व्यवस्थापन जिल्ला सरकारी वकिल कार्यालयका सहायक कम्प्यूटर अपरेटर अभिषेक शाहीले गर्नु भएको थियो । 

प्रतिकृया दिनुहोस

नेपाल टेलिकमले रह परिलामा फोरजी टावर संचालन गरेको छ 

डोल्पा, कात्तिक २७ गते । डोल्पाको सदरमुकामकै स्थानीय तह भित्र पर्ने ठुलीभेरी नगरपालिका वडा नं. १० र ११ को बिचमा पर्ने डाँडामा नेपाल टेलिकमले फोरजी

सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै रेडियो डोल्पा एफ.एम. डोल्पाको अधिवेशन सभा सम्पन्न ।

डोल्पा, कात्तिक १४ गते । रेडियो डोल्पा एफ.एम. संचालक संस्था सुचना सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) डोल्पाको वार्षिक साधरण सभा तथा छैटौ अधिवेशन सभा

सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गर्दै रेडियो डोल्पा एफ.एम. डोल्पाको अधिवेशन सभा सम्पन्न ।

डोल्पा, कात्तिक १४ गते । रेडियो डोल्पा एफ.एम. संचालक संस्था सुचना सञ्चार तथा शिक्षा सञ्जाल (आइसनेट) डोल्पाको वार्षिक साधरण सभा तथा छैटौ अधिवेशन सभा